SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयको सफाई अभियानमा जुटे सहकारी पीडितहरु

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन सफा गर्न सहकारी पीडितहरू स्वयंसेवी रूपमा सहभागी भएका छन् । शनिबार काठमाडौंको रामशाहपथस्थित मन्त्रालयमा सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा पीडितहरू सफाइ अभियानमा जुटेका हुन् । सहकारी पीडित कुशलभ केसीले भने, ‘हामी सचेत नागरिक हौँ । देश बनाउन सक्षम छौँ ।