SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँ : घाइते परिवार

काठमाडौं । जेनजी आन्दोलनका घाइते परिवारका सदस्य सरस्वती रावलले आन्दोलनका बलिदानीलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएकी छन् । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले बलिदानी खेर जाने अवस्था आए आफू फेरि गोली खान तयार रहेको स्पष्ट पारिन् । सरस्वती रावलले जेनजी आन्दोलन परिवर्तनका लागि सुशासन र भ्रष्टाचारको विरुद्धमा सुरु भएको बताइन् ।