६ घण्टाभित्र सडक खुल्नेगरी काम अघि बढाएका छौँ : मन्त्रालय
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभर अवरुद्ध सडकहरू विशेष परिस्थितिबाहेक ६ घण्टाभित्र खोल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले शनिबार भएको बैठकमा उक्त जानकारी दिएका हुन् । बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा भएको थियो।
