सुशासन र भ्रष्टाचारको बेवास्ताले जेनजी प्रदर्शनमा ठूलो क्षति भयो : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीरता नदेखाउँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् । आज विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा नेता कोइरालाले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे ।
