SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रालयद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि विनियोजित रकम पहिलो त्रैमासमै उपलब्ध गराउने निर्णय मन्त्रिस्तरीय रूपमा भएको हो ।