नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने
काठमाडौं । नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् । सिरिजपछि नेपाली टोलीले मलेसियामै अक्टोबर २८ देखि ५ खेलको टी–२० आई सिरिज पनि खेल्नेछ ।
