जेनजी पुस्ताले उठाएका मुद्दा सामान्य रुपमा नलिऔँ : डा.बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजीलाई सडक आन्दोलनमात्र नभई नयाँ राजनीतिक संरचना निर्माणमा नेतृत्व लिन आह्वान गरेका छन् । उनका अनुसार सन् १९९७ पछि जन्मेका जेनजी युवाहरू भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध उठेका छन् र उनीहरूको आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो । भट्टराईले भने, ‘नयाँ पुस्ताले अब संस्थागत नेतृत्व लिन ढिलाइ गर्नु हुँदैन।
