SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

शारदा ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि शारदा ग्रुपले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष शिवरतन शारडाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।