SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

जनमत पार्टीबाट अलग भएका नेताहरूले गठन गरे ‘जनस्वराज पार्टी’

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले नयाँ राजनीतिक दल गठन गरेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकपछि ‘जनस्वराज पार्टी’ नामक नयाँ दल गठन भएको हो । नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने जनाइएको छ ।