एच-वानबी शुल्क बढाएर १ लाख डलर पुर्याउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-वानबी भिसा कार्यक्रमअन्तर्गतका आवेदकलाई प्रायोजन गर्ने कम्पनीहरूले तिर्ने शुल्क बढाएर १ लाख डलर पुर्याउने निर्णय गरेका छन् । ट्रम्प प्रशासनले यो कदम अमेरिकामा केवल उच्च दक्षता र विशेष योग्यता भएका व्यक्तिलाई मात्र भित्र्याउने उद्देश्यसहित अघि बढाइएको स्पष्ट पारेको छ ।
