आर्थिक सहयोगमा समेत ठगी गर्ने जमात सक्रिय, राष्ट्र बैंकले दियो ठगीबाट जोगिने तरिका
काठमाडौं । रसुवागढी बाढीपछि सरकारले सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेको छ । जसअनुसार संस्थागत र व्यक्तिगत तबरबाट समेत सहयोग उपलब्ध भइरहेको छ । हालसम्म विभिन्न संस्था र ठूलो सहयोगकर्ताले व्यक्तिगत रुपमै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै सहयोगको चेक हस्तान्तरण गरिसकेका छन् ।
