SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

रसुवा बाढीबारे प्रधानमन्त्री शाहले लिए प्रधानसेनापतिसँग ‘ब्रिफिङ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग जानकारी लिएका छन् । प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति सिग्देलसँग भेट गरी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका हुन् ।