SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट पाँच जिल्लाका ४९ वडा प्रभावित [सूचीसहित]

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाईंकुण्ड, आमाछोदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका सबै पाँच वडा बाढीबाट प्रभावित भएका छन् ।