अझै दुई दिन केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका केही स्थानमा भारी तथा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू–भाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
