SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

सिंगापुर बेभरेजेजले बाढीपीडितका लागि २० लाख सहयोग गर्ने

काठमाडौं । झापाको मेचीनगर–४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत र उद्धारका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ ।