अपर त्रिशूली–३ ‘बी’ को क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोमा पुरिएको आशंका
काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते आएको बाढीले क्याम्प क्षेत्रका घरहरू बगाउनुको सट्टा ठूलो मात्रामा लेदो र माटोले पुरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।
