SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनतासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।