SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए नमुना परीक्षण सुरु गरिएको छ । भारतबाट नेपाल आएको फरेन्सिक विशेषज्ञ टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग भेट गरी डीएनए नमुना विश्लेषणसम्बन्धी काम अघि बढाएको हो ।