प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ । शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
