हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको तस्वीर समावेश
हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जिकिर गरेको छ ।
