SHARE
पर्दाफास · शनिबार ४ असो २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

तुइन खोलाको पहिरो अझै पन्छाउन सकिएन, यात्रु अलपत्र

रायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन् । शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।