SHARE
पर्दाफास · शनिबार ४ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीनजनालाई पक्राउ गरेको छ। गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।