SHARE
पर्दाफास · शनिबार ४ असो २०८२ ०४:३२ PM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

नेपालीहरूको महान् चाड बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ।