भोटेकोशी बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् ।
