जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले सरकारलाई दियो ३ करोड
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने सरकारको प्रयासमा साथ दिँदै जावलाखेल ग्रुपले उक्त रकम हस्तान्तरण गरेको हो ।
