SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

त्रिशूली–३ ए मा आंशिक सफलता– माथिल्लो भागबाट भित्र अक्सिजन पठाउने तयारी

काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ । बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो ।