SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

चितवनमा पहिचान नखुलेका २२८ शव देवघाटको जंगलमा व्यवस्थापन गरिने

चितवन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवलाई देवघाटको जंगलमा व्यवस्थापन गरिने भएको छ । चितवनमा अहिलेसम्म २२८ वटा शव फेला परेका छन् । तीमध्ये पाँचवटाको मात्र पहिचान खुलेको छ ।