SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

दुई कार्गो विमानसँगै नेपाललाई २० लाख डलर पठाउँदै चीन

काठमाडौं । चीनले नेपाललाई बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतका लागि २० लाख अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमानसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउन लागेको हो ।