SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको यसरी हुँदैछ उद्धार

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार प्रयास जारी छ । उद्धारका लागि आज बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने काम भइरहेको छ । सुरुङको मुखमा थुप्रिएको लेदो र भग्नावशेष हटाएर भित्र जाने बाटो बनाउने प्रयास भइरहेको हो ।