विदेशी प्राविधिक सहयोग माग्दै सरकार, सुरुङ उद्धारदेखि शव व्यवस्थापनसम्म सहयोग आवश्यक
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई विदेशी प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । रोयटर्ससँग कुरा गर्दै मन्त्री खनालले सुरुङमा फसेका मानिसको उद्धार, भत्किएका पुलका कारण रोकिएको यातायात तथा सञ्चार सेवा सञ्चालन, शव पहिचान र शव सुरक्षित राख्न विदेशी सहयोग आवश्यक रहेको बताए ।
