राति भात वा रोटी के खानुपर्छ ?
काठमाडौं : धेरै पटक मानिसहरूमाझ भात खानु स्वास्थ्यका लागि राम्रो हो कि रोटी खानु भन्ने बहस हुन्छ। धेरै मानिसले बेलुकाको खानामा भात र रोटी दुवै खान्छन् र तिनीहरूले यसमा सन्तुलन पाउँछन्।विज्ञहरूले राति रोटी खानुपर्छ कि भात भन्ने धेरै कुरामा निर्भर गर्ने बताए। यो भात वा रोटीको प्रकारमा पनि निर्भर गर्छ। हाम्रो थालमा भात होस् वा रोटी कार्बोहाइड्रेट दुवैमा पाइन्छ।सामान्यतया रोटीमा भातको तुलनामा कम कार्बोहाइड्रेट हुन्छ। त्यसैले यो स्वास्थ्यका दृष्टिकोणबाट राम्रो छ।
