SHARE
अन्नपूर्ण · आइबार​ १४ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

पीसीओएस समस्या अब पीएमओएस !

पोलिसिस्टिक ओभरी सिन्ड्रोम अर्थात् पीसीओएस भन्ने शब्द सुन्नेबित्तिकै धेरै महिलाको मनमा अनेकौं डर र प्रश्न उब्जिन्छन्। के मेरो अण्डाशयमा सिस्ट (पानीका फोका) छन् ? के अब शल्यक्रिया गर्नुपर्ने हो ? के म भविष्यमा आमा बन्न सक्दिनँ ? भन्ने जस्ता प्रश्न मनमा रहन सक्छ। यस्ता डर र अन्योललाई सम्बोधन गर्ने उद्देश्यले सन् २०२६ मे महिनामा एक अन्तर्राष्ट्रिय पहलमार्फत यस स्वास्थ्य अवस्थाको नयाँ नाम प्रस्ताव गरिएको छ– ‘पोलिएन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम’ अर्थात् पीएमओएस।