बारामा माइक्रो बस र ट्रक ठोक्किँदा चार जना घाइते, चालक गम्भीर
सिमरा : पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा आइतबार बिहान माइक्रोबस र ट्रक ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये माइक्रोबसका चालकको अवस्था गम्भीर छ ।घाइते हुनेमा ईभी माइक्रोका चालक बारा परवानीपुर गाउँपालिका–२ मुसहरीका २८ वर्षीय उत्तम साह, वीरगन्ज महानगरपालिका–१० घडिहर्वा पोखरी बस्ने ६७ वर्षीय राजेन्द्र महतो, दाङ तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगन्ज महानगरपालिका–१३ की ६९ वर्षीया सकुन्तला पौडेल रहेका छन् ।