नेतान्याहुलाई प्रस्ताव पठाएको तर जवाफ नआएको आइजेनकोटको भनाइ
काठमाडौं : इजरायलका विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सरकार गठनका विषयमा विस्तृत प्रस्ताव पठाएको भए पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको बताएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट सार्वजनिक गर्दै आइजेनकोटले उक्त जानकारी दिएका हुन् ।आइजेनकोटका अनुसार गत आइतबार नेतान्याहुकै अनुरोधमा स्थापित एक गोप्य माध्यममार्फत महत्त्वपूर्ण विषयहरू समेटिएको विस्तृत प्रस्ताव पठाइएको थियो ।