जाडोमा छालाको स्याहार
मौसम परिवर्तन हुँदैछ। चिसो मौसममा रुघाखोकी, ज्वरो, निमोनिया, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याले सताउन सक्छ। त्यस्तै छाला सुक्खा हुने, चिलाउने, फुट्नेलगायत विभिन्न छालासम्बन्धी समस्याले धेरैलाई सताउँछ। जाडोमा धेरैले तातोपानीले नुहाउँछन्। बारम्बार साबुन प्रयोग गर्छन्। जसका कारण छालाको प्राकृतिक चिल्लोपन घटेर सुक्खा हुने समस्या बढ्न सक्ने छालारोग विशेषज्ञहरू बताउँछन्।