SHARE
अन्नपूर्ण · आइबार​ १४ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

निजी विद्यालयका शिक्षकले पठनपाठन अनिश्चितकालीन बन्द गर्ने

चितवन : तलब वृद्धिको माग गरेर आन्दोलन गरेका नीजि विद्यालयका शिक्षकले माग पूरा नभएपछि पठनपाठन बन्द गर्ने भएका छन् । विभिन्न चरणको आन्दोलन गरी ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन इष्टु चितवनले मङ्सिर १४ गतेबाट पठनपाठन नगर्ने बताएका हुन् ।विद्यार्थीको भविष्यप्रति आफूहरू गम्भीर रहेको जनाउँदै आन्दोलन बाध्यात्मक अवस्था भएको बताइएको छ । आफूहरूको मागप्रति प्याब्सनले बेवास्ता गरेपछि निजी विद्यालय अनिश्चितकालीन शैक्षिक हडताल गर्न लागेको अध्यक्ष दिवाकर पौडेलले बताए ।