SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

गृह मन्त्रालयमा सहायता कक्ष स्थापना

काठमाडौं : गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरिएको छ। जेनजीको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिको सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरिएको हो।  आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जेनजी युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले सहायता कक्षा स्थापना गरेको जानकारी दिए।