SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

अमेरिकाले किन गर्यो भारतीय कम्पनीका अधिकारीको भिसा रद्द ?

काठमाडौं :  भारतस्थित अमेरिकी दूतावासले केही भारतीय कम्पनीका कार्यकारीको भिसा रद्द गरेको छ। अमेरिकाले उनीहरूलाई नयाँ भिसा दिन अस्वीकार गरेको छ।दूतावासका अनुसार उनीहरूमाथि फेन्टानिल प्रिकर्सर (सिंथेटिक ओपियोइड फेन्टानिल बनाइने रसायन) तस्करी गरेको आरोप छ।फेन्टानिल एक लागूऔषध हो। फेन्टानिलको ओभरडोज संयुक्त राज्य अमेरिकामा मृत्युको प्रमुख कारण मध्ये एक हो।ʻयी व्यक्ति र परिवारका सदस्य संयुक्त राज्य अमेरिका यात्रा गर्न अयोग्य हुन सक्छन्,ʼ दूतावासले विज्ञप्तिमा भनेको छ।