कार्यसम्पादन बैठकमा गगन थापाले भने- पार्टी पुनर्गठन कि विशेष महाधिवेशनबाहेक हामीसँग विकल्प छैन
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठन वा विशेष महाधिवेशनको माग गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन बैठकमा उनले विषम परिस्थितिमा दुई विकल्प अघि सारेका हुन्।पार्टीको दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तनसहित पुनर्गठन गर्नुपर्ने उनको माग छ। तर, त्यो विधिसम्मत तरिकाले हुनुपर्ने उनको भनाइ छ।
