SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

रसुवा बाढी : यी हुन् बेपत्ता २७ प्रहरी [सूचीसहित]

काठमाडौं । बुधबार बिहान नेपालको उत्तरी सीमा चीनतर्फबाट आएको बाढीका कारण बेपत्ता प्रहरीहरुको सूची सार्वजनिक भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार अझैसम्म विभिन्न दर्जाका २७ जना प्रहरी हराइरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय हेडक्वार्टरका अनुसार हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् ।