SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

फिनिक्स चराको कथालाई मजाक नबनाऔँ, नयाँ पुस्तालाई नेतृत्व दिउँ : सुरेन्द्र चौधरी

काठमाडौं : नागरिक अभियन्ता सुरेन्द्र चौधरीले प्रमुख दलका नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन र नयाँ पुस्तालाई नेतृत्व दिन आग्रह गरेका छन्।उनले जेनजी आन्दोलनको मर्म स्मरण गर्दै राजनीतिक दलहरूले विगतका कुकर्म त्यागेर नयाँ स्वरूपमा आउनुपर्ने बताए। पुराना दलहरू निरन्तर 'फेरि उठ्ने' बताइरहेका बेला अभियन्ता चौधरीले प्राचीन मिथक फिनिक्स चराको कथालाई मजाक नबनाउन चेतावनी दिए। उनले बिना आनाकानी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए।