जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढ्नुपर्ने बताएका छन्। आज संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्ने बताएका हुन्।उनले भने,‘जे परिवर्तन भइरहेको छ, नयाँ पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ। ऐतिहासिक उपलब्धि संविधान हो र यसको रक्षा सबैको साझा जिम्मेवारी हो।
