SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका छ : उपमहासचिव ज्ञवाली

नुवाकोट : एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका उत्पन्न भएको बताएका छन्। एमाले जिल्ला कमिटी नुवाकोटको सातौँ पूर्ण बैठकको उद्घाटन गर्दै उनले यही अवस्थामा देशमा चुनाव हुनेमा शंका उत्पन्न भएको बताएका हुन्। उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले दलहरूप्रतिको वास्तविक धारणा सबैभन्दा पहिले सार्वजनिक गर्नुपर्ने बताए। उनले वर्तमान संविधान बचाउने दायित्व एमालेलगायत सबै दलहरूको रहेको बताए। अहिलेको संविधान संकटमा रहेको बताए।