SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कीभमा ७१ वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी

काठमाडौं : युक्रेनका स्थानीय मिडियाले रातभर युक्रेनले रुसी ड्रोन खसालेको उल्लेख गरेका छन्। युक्रेनको शुलियाभस्का मेट्रो स्टेशन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट भएको उल्लेख गरिएको छ।   बीबीसीका पत्रकारले आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसेको देखेको बताएका छन्।युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यसमा ५० भन्दा बढी शाहिद आक्रमण ड्रोन पनि छन्। यीमध्ये ७१ वटा ड्रोन   खसालिएको युक्रेनले जनाएको छ।