महालक्ष्मी विकास बैंकद्वारा दरबारमार्ग प्रहरी वृत्त भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग
३ असोज, काठमाडौं। महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।
