SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

अब बीमा कम्पनीले कुल व्यवसायकाे २० प्रतिशत डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिका, २०८० लाई पाँचौँ पटक संशोधन गर्दै बीमा कम्पनीहरूले गरेको कुल बीमाको २० प्रतिशत डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले निर्देशिकाको दफा ७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।