SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

जेनजीको आवरणमा हिंसा भड्काइयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंस मच्चाउने गतिविधि भएको बताएकी छन् । शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् । उनले आन्दोलनबाट ठुलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् ।