SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

नयाँ मोडलमा आयो लिपमोटर सी-१०, ‘नाडा अटो शो’ मा २ लाख छुट

काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटर सी–१० को नयाँ २०२६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सी–१० प्रदर्शनमा राखेको हो । कम्पनीका अनुसार नाडा अटो शोमा सी-१० को बुकिङ ७५ लाख ९९ हजार रुपैयाँमा गर्न सकिनेछ ।