SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

काठमाडौँ । संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन् ।