केरुङमा भोटेकोशी ओभरफ्लो, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ
काठमाडौं । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको जनाएको छ । सरकारले हालसम्म तत्काल ठूलो जोखिम नरहेको बताएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चीनसँग नियमित संवाद भइरहेको जानकारी दिए ।
